
स्विकार छ प्रियतम म वेश्या हु
थुक अझै दलि कालो मुसो श्रिङ्गार गरिदेउ
जुत्ताको मालाले
तिमी हररात स्त्री सँग रमाउछौ
तर मैले परिवर्तनको निम्ति हातेमालो गर्दै
घरभन्दा पर पुगेकी थे
म घरबाट निस्कनु नै म वेश्या हुनु हो
तेसैले स्विकार छ...

तिमी हामी कहाँ बस्थेउ होला घर नभाको भए
बस्नलाई दुनियामा गाँउ अनि शहर नभाको भए
मुटूलाई निकालेर फुलबल खेली रहेका हुन्थे
यदि यो छाला पनि मुटूको कबर नभाको भए
आमालाई बक्सीको भन्न सक्ने पापी समाजले
बादरलाई पनि मान्छे भन्थे...

अहँ जानिन अरुको मन दुखाउन
र बाँचिन आफ्नो जीवन सजाउन
मन्द मुस्काउँछु सधैं म आँसु पिएरै
तर चाहिन कसैको नयन भिजाउन
पीडा रहित जीवन जिउन पाए
आँसु आँखाभित्रै सिउन पाए
बाँच्नुको मज्जा नै बेग्लै हुन्थ्यो
हरेक दिन मुस्कान पिउन पाए
...
बिहानिको सुरुवात सङ्गै
ब्युझिन्छन मेरा दुई नयन
मन ब्युझिन्छ
बिस्तारै मगज पनि।
हिजोको कथा
अस्तिको बेथा
अनि बर्सौदेखिको गल्ती
न दोहोरिओस
प्राथाना मेरो
तर कहाँ हुन्छ र सोचेजस्तो ।
बिगत,बर्तमान र भबिस्य
तिन दिसामा छन्
अनि म अर्कैतिर
थाहा छैन मेरा पाइलाले
कुन मोडमा पुर्याउछन।
म को हु त्यो...

नरूनू तिमी आमा लिपू बार्दैछु म
नठानोस् कसैले हठात हार्दैछु म
स्वाधीनताको लडाइँ जित्नै पर्ने भो
वर सरेका सिमास्तम्भ पर सार्दैछु म ।
...

गजल
हो जून भट्टी पसलमा,तिनपानी बिक्री हुँदैन
त्यहाँ अरु सामान,जानी-जानि बिक्री हुँदैन
यो देशको पेसा ब्यबसाय फस्टाउदैन होला
हो जब सम्म नी यहाँ,राहदानी बिक्री हुँदैन
सरकारले नेपालको जलसम्पदा बेची सक्यो
भोली भन्न नसकियला,राजधानी बिक्री हुँदैन
दावाको साथ भन्छु जून सहर_सहर नरहला
जहा...

वन डुल्दै लालीगुराँस नटिपेको धेरै भो।
किसान हुँ बाँझो बारी नखनेको धेरै भो।
गाई बस्तु चराउँन खुबै रहर गर्थेँ मैले,
बस्तु जस्तै आफू पनि बाँधिएको धेरै भो।
अंधेरोमा साहरा थियो त्यही जून तारा,
ग्रहण लाग्यो उज्यालो नदेखेको धेरै भो।
रुदैछिन्...

प्रकृतिका सुन्दर रङ्गको वृष्टि हजुरमाथि
देखेपछी नहोला कसको दृष्टि हजुरमाथि
प्यासै भुल्छन काकाकुल देख्दा हजुरलाई
ईर्ष्या गरिरहन्छ स्वयम् सृष्टि हजुरमाथि॥
...

बर्षौदेखी खिया लाग्या तरबारको खास काम छैन।
सिँह दरबारमा बस्ने भ्रष्ट्र घुस्या बदमास काम छैन।
जति घमण्ड गरोस त्यो जुनकीरीले जगतमा यार।
त्यो चाँदनीको अगाडि उसको प्रकाश काम छैन।
...

अव राष्ट्रिय चिन्तनमा कलम चलाउनु पर्छ
अशिक्षा र गरिबी यो देशबाट भगाउनु पर्छ
देश समृद्धिकालागि सबैको सहयोग चाहिन्छ
आआफ्नो क्षत्रबाट हातमा हात बढाउनु पर्छ
नेतालाइ मात्र कति गालिगर्नु बरु आफै पनि
सच्चा नागरिकको कर्तब्यकेहो? निभाउनु पर्छ
बिकाशको बाधक भ्रष्टाचार मुख्यहो...