
खै आमा तिमी दोसि हौ या तिम्रो कोख दोसि हो ,साच्चै तिमी दोसि हौ आमा जस्ले एउटा गत्तिलो छोरा जन्माउन सकेनौ।
अझ जन्माएनौ पनी नभानौ क्यारे,जन्माएर पनी त्यो छोरा बनाउन सकेनौ जस्ले बुढेशकाल मा तिम्रो...

मानब जीबनमा सधै एक नास हुदैन
जे मनले चायो त्यो आफ्नो पास हुदैन
चाहाना पूरा नहुने कस्तो पापी चोला
दुख पर्दा आफ्नै मान्छे खास हुदैन ।।
...
तिमी मरे मैले पनि बीस खाँदा के होला र ।
तिमी संगै मेरो लास घाट लाँदा के होला र ।।
हटेकाे त्यो सति प्रथा उल्टाएर अाजै बाट,
तिम्रापछि लागि मैले सति जाँदा के होला र ।
...

१, मेरो हाइकु
डाँडामाथिको घाम
नवीन यात्रा
२, देशको नासो
हाम्रो तेल निगम
डामेको साढे
३, अनेकौं घुर्की
भागवण्डाको आस
चुनविदौड
४, एजेन्डामात्रै
कान चिरेका जोगी
साथमा झोला
५ ,यो भन्दा अरू
हाइकु सङ्ग्रहमा
पाइन्छ अब।
धन्यवाद !
...

==========
तिमी छ्यौ उस्तो या त्यो मुहार उस्तो
तड्पाउँछ मैलाई किन बारम्बार उस्तो !
अन्योलहरू छन्, थुप्रै अभाबहरू छन्
भिडमा रमाई रहेको, यो बजार उस्तो !
खेपी रहेछु गहिरो खल्तिको यो घाऊ
छु कम्जोर मै मात्र, या यो हजार उस्तो...

पारु
आज फेरी
तिम्रो जन्मोत्सव मनाउंदा
फक्रेका छन् रङ्गिन पूmलहरु
मेरो मनका कुना कुनामा
उमेरका रेखाहरु
रङ्गिन बनेर फैलिए त के भो र
सुन जस्तो झन् झन् चम्किलो
भेटेको छु मैले तिमीलाई
तिम्रो हृदय
अझ गाढा र तेजिलो वन्दैछ
शुरुमा भेटे भन्दा वढी
दुई नदी जस्तो
फरक...

जाँतो-
काइँली काकीको हातमा
फनफनी घुम्छ
डाक्टर – पैताला
अस्पतालका वार्डहरुमा
फनफनी घुम्छ
फनफनी घुम्छ
घर-घरमा जोगी
र, हल्कारा-
गाउँभरि फनफनी घुम्छ
धर्तीमा ऋतुजस्तै
गुम्वाको मानेजस्तै
ड्राइभरको बिल्ला भिरेको ऊ
मालिकको
ट्रक, बस वा ट्याक्सीका चक्काहरुमा
फनफनी घुम्छ
स्कुले मास्टर
बर्षैपिच्छे फनफनी
उही पाठहरुमा घुम्छ
गाउँको पुरेत
दिनैपिच्छे फनफनी
रुद्री, चण्डी वा स्वस्तिशान्तिमा घुम्छ
फैक्ट्री-मालिक
मजदुरहरुको कामको...

सबै थोक छ नभाको त्यही इमान त होनी।
अहिले सम्म कमाको त्यही बेमान त होनी।
कति दियौॅ आस्वासन पत्याउॅने ति जनता,
कहिल्यै पुरा नभाको त्यही जमान त होनी।
भत्किए घर दुःखी गरिबका आफ्नो छदैछ,...

यो मुटुको चाल उसै बन्द होला कि !
समुद्रको छाल उसै बन्द होला कि !
झिँगाको छ नाराजुलुस पुतलिको धर्ना
माकुरीको जाल उसै बन्द होला कि!
रङ्ग फेरि फेरि पानी प्युन थाले सारा
साँझको कमाल उसै बन्द होला कि!
राख्न...

धनसारमा धन छैन भने
मान्छेभित्र मन छैन भने
कहाँ पाेख्थ्याे बिरह काेइलीले
त्याे पारी पट्टि बन छैन भने ।
...