
मुटुमा नै हान्छान तिर आफ्नाहरुले
गर्न खोज्या केहो आखिर आफ्नाहरुले
फकाउँदै हात समाइ चढाएर उकालोमा
हुत्याउँछन पुर्याएर भीर आफ्नाहरुले ।।।
...

हिजो देख्दा उर्जाशील जोसिलो नै थिएँ
कमाएर जहानको पेट भरी दिएँ
अहिले त कचकचे बूढो भन्न थाले
सबै आफ्नो कामतिर म त घर पाले
बूढी पनि भन्न थालिन् नकराउ बूढा
जाडो भए बालिदिन्छु अगेनामा मुढा
घरवाली झर्को गर्छिन् कुनै कुनै...

गाेङ्गबु साहित्य समाजकाे ३६ अाैं काव्य श्रीङ्खला सष्टा सम्मान र पुस्तक बिमाेचन कार्यक्रम भब्य रूपमा सम्मन्न भयाे। साँढे ६ घण्टा सम्म चलेकाे उक्त कार्यक्रममा सयाैंकाे संख्यामा लेखक कविहरूकाे उपस्थिति रहेकाे थियाे। बालसाहित्य समाजका अध्यक्ष...

हिउँ खस्दा पानी पर्दा शीत खस्दछ तप्पतप्प छाप्रो बाट
दिक्क भए जनता नेताज्युको अाशा देखाउने बानी बाट ।
धेरै भयो भूकम्पले जनता गाँसबास बिहिन भएको
यो पिडा सम्झदा हाम्लाई लाग्छ व्यर्थै बाच्यौ हामी कालबाट ।
...

टेडोमुख भएर नै बक्रतुण्डं नाम
भक्तजन सबैलाई सिद्धिदिने काम
दोस्रो नाम हुन गयो एकदन्तं नाम
प्रभु तिम्रो मन्दिरनै हाम्रो दिव्य धाम
तेस्रो नाम रैछ प्रभु कृष्णा पिङ्गाक्षं नै
भक्तलाई माया गर्ने तिमी ईश्वर नै
चौथो नाम गजबक्त्रं हात्तीको झै सुँढ
हामीलाई प्रभु सधै धर्मतिर मुड
पाँचौनाम लम्बोदरं रैछ तिम्रो नाम
भक्तजन सबैलाई देउ वरदान
षष्ठं नाम विकराल बिसाल छ रुप
आरधना गर्छौं हामी बालि धुप दिप
सातौ नाम बिघ्रराजं विघ्ननास गर
आठौ नाम धुम्रवर्ण तिम्रै पर्छौ भर
नवौ नाम भालचन्द्रं चन्द्रमा छ शीर
दुःख कष्ट नास भई हटुन् हाम्रा पिर
दसौं नाम विघ्नहर्ता विनायक नाम
हाम्रा सबै विघ्नबाधा हर्ने गर काम
एकादशं गणपति देवताका नेता
मन हाम्रो शान्त पार्न हेरिदिनु यता
द्वावशं तु गजाननम् हात्ती मुख तिम्रो
अनिष्टको नासगरि माया गर्ने हाम्रो
सिद्धि दिने गणेशको जपौँ हामी नाउँ
संसारको दुःखबाट प्रभु मुक्ति पाउँ
...

सहिदको जवाफ –
मेरो परिवार ले पिडा , मेरो नेता ले पेडा ।
मेरो परिवार ले दु:ख , मेरो नेता ले सुख ।
मेरो परिवार लाई न सारी न धोती ,
मेरो नेता को गनिनसक्नु सम्पत्ति ।
मेरो परिवार...

स्वस्थ मुटु स्वस्थ जीवन सपना हुन्छन् पूरा।
स्वस्थ मुटु स्वस्थ जीवन सपना हुन्छन् पूरा।
आउ साथी सुनौं केही ढुक-ढुकीका कुरा,
आउ साथी सुनौं केही ढुक-ढुकीका कुरा,
जिन्दगीको मूल्य कति, कसले भन्न सक्छ ?
के मुटु झैँ, अविरल, कोहि चल्न...

देश ,तिम्रो तकिया होइन
फुर्क्याउँदा फुर्क्याउँदै
जे मन लाग्यो त्यही गर्ने
उकालो चढदै गरेको बेला भेटिएको
नयाँ बटुवा जस्तो
असाध्यै अदबसाथ
सम्मानित ब्यबहार गर्नजान्नुपर्छ देशलाई
शिरमा त राखेको छु भन्छौ
सधैँ थिचिरहन्छौ शिरलेनै
आँसुले डुबाएपनि सहेकैछु
र्याल सिँगान लतपतिएपनि सहेकैछु
ठाउँ कुठाउँ च्यापेपनि सहेकैछु
ठाउँ कुठाउँ...

सन्तुष्टि छु, खुशी हुनेगर्छु र त सुखमा मुस्कान छ ,
रोएर हुन्न कराएर हुन्न त्यसैले दुखमा मुस्कान छ |
जीवनको उकालो ओरालोमा एक्लै भएर त होला ,
हातमा चोट छ, मुटुमा दर्द अनि मुखमा मुस्कान छ |
...

त्यो परको
क्षितिजको यात्रामा
गन्तब्य हराएर
खै म कता कता कता
म धेरै चोटी अल्मलिएँ
अवाक आफै बिलिन भएँ।
कुनै सहरको
कथित मानव बस्तिको
सिद्धान्त बिहिन
एउटा समाजको भिडमा
म आफै सङ्ग हराएँ।
सयाद !
म हराउँदै
छट्पटाउँदै
दर्शनको सहारामा
बाँच्न रहर गरिरहँदा
मेरा सिध्दान्तहरु
दिन प्रतिदिन
पल पल मुर्छित छन ।
थाहा...