
अँह भनेका छैनौ हामीले नेपालमा रेल चाहियो भनेर,
र यो पनि भनेनौ कि घरघर पस्ने भेल चाहियो भनेर !
बानेश्वर र वालुवाटार गर्दै तिम्रो दिनचर्या कटिहाल्छ,
जुम्ला जाजरकोट हेर रून्छन् नुन तेल चाहियो भनेर !
किन राततारात छुट्छन्...

जिवनको लक्ष के हो? निश्चित हुनु पर्यो ।
पढ्ने लेख्ने कक्ष के हो? निश्चित हुनु पर्यो ।
पोष्ट विना फुटबलमा, गोल कसरी हुन्छ,
बोल्ने सोध्ने पक्ष के हो? निश्चित हुनु पर्यो ।
...

परिवर्तित सोच ,जोश ,जाँगर भरौं अब युवा
आफ्नै देशमा बसी आर्थिक क्रान्ति गरौं अब युवा
पौरखी हात र पसिनाले मातृभूमी सिचाउँदै
उन्नती र प्रगतिका शिखर चुम्नतिर सरौं अब युवा ।।
...

कामदार मौंरी जति रसलिन जानी
रानो मौरी घरबसी मह मात्र खानी
यस्तै बानी हाम्रो पनि बसीसक्यो हेर
कुर्चीतिर बसी खानी भयौ हामी धेर ।१।
आम्दानीको स्रोत भने जनताको कर
सबैलाई पाल्नै पर्ने यसैको छ भर
पैसा जति आन्तरिक खर्चतिर भयो
दिनदिनै...

झर्को लाग्दो कुरा गरी नबिगारौं नाम।
जनताको भोक मेट्न पैला गरौँ काम।
गाँस,बाँस,कपासको पैला कुरा सोचौं ।
रेलमार्ग सुरूङ्ममार्ग अनि खन्न खोजौ।
गरिबीको रेखामुनि हामी पर्यौ तल।
छिमेकीको दाजोतीर पुग्न गरौँ बल।
मिलजुल काम गरौँ देश...

आदोलनको गोलिमा शरीर सेकायौ तिमीले।
आजीवन अपांग भै वीरता देखायौ तिमील्रे।
राजतन्त्र ढल्यो, गणतन्त्र आयो,आशा पलायो।
चुनाव जिताउन सकृयता बढायौ तिमीले।
अबश्य देशले काचुली फेर्ला भन्ने बिश्वासमा।
बैरागीको मन आशैआशमा भुलायौ तिमीले।
पजेरो, बिदेश यात्रा र उपचार मात्र भयो।
हात्ती आएको...

कुहिएका छन् पोलहरू
झोलिएका छन् तारहरू
थाहा छैन
कुनबेला करेन्ट चुहिएर
घर घरमा फैलिन्छ
यस्तै छ पश्चिम तराई दुर्गम क्षेत्रका
गाउँ गाउमा बस्ति बस्टिमा
हरेक गाउँ बस्तिका
बासिन्दा त्रासै त्रासमा बाच्न बाध्य छन्
बितरण लाईनबाट करेन्ट चुहिएर
बर्षदिनमा छ,सात जनाले
ज्यान गुमाईसके
तर,
तर पनि स्थानिय निकाएको
कुनै...

बाजी सबैले यहाँ जितेको हुॅदैन
भाउमा सबैनै यहाँ बिकेको हुॅदैन
लाग्छ सबै माथि लाग्छ सङ्का
ठाउँमा अधिकांश टिकेको हुॅदैन ।
...

१.
मान्छे सबै एउटै हुँदैनन् बुझें
पर्दा दुःखमा सबै रुँदैनन् बुझें
कुरा काट्नु अरुको राम्रो हुँदैन
पण्डीत पनि गिता छुँदैनन् बुझें !
–२०७५।३।३ पाल्पा
२.
संघियताले देशको चित्र फेरियो
सधैं उस्तै नेताको चरित्र हेरियो,
आसन र भाषण मात्र छ विकास
किन ? देशमा यस्तै...

झण्डा बोक्दा मैले दण्डा खा’को बिर्सनु भो
हामीदुबै सँगै जेल गा’को बिर्सनु भो
मलाई नै आँखी देख्ने ए सभापतिज्यू
हिजो मेरै जडाउरी ला’को बिर्सनु भो
के लाग्नु र पार्टीमा खै गुट छ यहाँ
अरू भन्दानिआफ्नैको फुट छ यहाँ
सोह्र वर्षे...