
उता जाजरकोटका कति गाविसमा खाद्यान्न अभाव छ
काठमाण्डौमा जतासुकै डान्स , रोमान्सको प्रभाव छ
मान्छे कतै भोका छन् कतै अघाएरै मातेका देखिन्छन्
बिडम्बना!आफु भोको हुन पर्दैन जस्तो मान्छेको स्वभाव छ ।
...

नाफा हुन्छ अनि घाटा हुन्छ समय अनुसार ।
आफ्नै पाइला पनि टाढा हुन्छ समय अनुसार ।।
बद्लि“दो समयको उखान खुराक मज्जाको बन्छ ।
उम्रन नपाई पक्कै छाडा हुन्छ समय अनुसार ।।
कस्ले के योगदान गरे लेखाजोखा राखेका छौ“...

धुवाँ धुलो र
काठमाण्डौ शहर
पर्याय बाचि !
~~
धुम्म आकाश
मौसम पूर्बानुमान्
परेन पानी !
~~
समाज सेवा
देखाउने दाँत भो
कुरिस्कै चिन्ता !
~~
हिउँद्का दिन
घाम ताप्ने रहर
सुन्तला बदाम् !
~~
पानीको प्यास
काकाकुल शहर
मेलम्ची सपना !
~~
पानीको फोका
दुई दिने जिन्दगी
दर्पन छायाँ !
~~
हाम्रो सिमाना
छ प्राण भन्दा प्यारो
जङ्घे पिल्लर...

बन तिमी नै कसैको हाकिम हुनु छैन
धर्ती काफी मलाई आकाश छुन छैन
तिमिले टेकेको माटो राखुला माथमा
मुस्कुराउला, तिम्रो खुशिमा रुनु छैन ।
...

भोजन सङै हात चाटेर खाएको त्यो दिन।
चाकु को डल्लो काटेर खाएको त्यो दिन।
झलझली सम्झिरहेकोछु आज परदेशबाट
परिवार सङै माया साटेर खाएको त्यो दिन।
...

बुझेर बुझीनसक्नु छ है मान्छेको जात अपार
अज्ञानी,मुर्ख यहिँ छन् ज्ञानीको पनि यहि संसार
नजाने, नबुझेर केहि फरक पर्दैन होला त !
बुझेकै छैन,विद्वान बन्न खोज्ने भूतमा सवार
...

चाैटारीमा कुराई एक्लै घुम्टो अाेडेर गयाे
तिमीले मन लहैलहैमा बाचा बन्धन ताेडेर गयाे
तिमीले सहरीया रवाफकाे काेट अाेडी सरर हुइकिँदा
भुलि गाउँलेलाई बाटाे अन्तै माेडेर गयाे
तिमीले अथाहा पुष्प बागवानीकाे पर्वाह नगरिकन
फेरि अाज मात्र...

अाँसुका थाेपाले नै मेटिदिन्छ जब म लेख्न थाल्छु ।
जागृत मनका भावनाहरूलाई म छेक्न थाल्छु ।
व्यथाहरू जम्मा भई मनमा भत्भती पाेल्छ जब,
कागजमा पाेखी वेदनाहरूलाई म सेक्न थाल्छु ।
अाँसु छेक्न नसक्दा जब मेटिन्छन् मेरा भावनाहरू,
चित्त नबुझी...

नेपाल आमा मात्र होइन सारा रुदै छ
शोषित पिडित अनि सर्बहारा बर्ग रुदै छ
सान्ती भुमी देश नेपाल रगतको ताल हुदा
तेसैले त फेवा अनि रारा रुदै छ न
नेपाल आमा मात्र होइना सारा रुदै छ
दिन दिन हाम्रो...

समयको महिमा
अपरम्पर जगत्मा
भोलि आज भेटिदैन
भोलि मेटिदैन
जीवन वित्दै जाने
जगतको नमेटिने
यो संसारिक नियमलाई
हामीलाई बुझ्नलाई
बन्नुपर्छ, बन्नुपर्छ
महामानव, महामानव
श्रृष्टिसँगै छाया बनी
साथमै हुन्छ बिनास पनि
अहो ! अहो !
कस्तो बिचित्रको नियम यो
हाम्रो हातमा नरहेको
हृदयदेखि आत्मचिन्तन गर्नसके
हामी सत्य बुझ्न सक्छौँ
हामी सुख भेट्न...