
एक्कासी आयौं कुन्नि के चाहेर आयौं
उज्यालोमा थिए , अध्यारो बनाएर आयौं
धिपधिप भो तिरमिर भो नयनको ज्योति
खै के हो तिमीले त्यो लगाएर आयौं
मनमा जब अग्नि ज्वालामुखी छुटयो
सागरमा दिप जलाएर आयौं
नयन बन्द गरी परेली जो खोल्दा
पराइको...

मेरो तन मन तिमी मै समर्पित भयो
देखेका सपनी बिहानीको शीत भयो
म हारिदिएँ खुसी छौ होला नि अब?
लौ मेरो हार अनि तिम्रो जित भयो
मनमा अनगिन्ती रहेका चाहनाहरु
एउटा सानो कचौरोमा सिमित भयो
सम्बन्ध गलत प्रयोग भएर त...

रुँदा रुँदै हाँस्नुपर्ने तिम्रै लागि रै छ आमा
फूलमाला गाँस्नुपर्ने तिम्रै लागि रै छ आमा
जिन्दगीको भर छैन कहिलेसम्म चल्ने हाे
आखिर मैले बाँच्नुपर्ने तिम्रै लागि रैछ आमा
हरपल हर खुशी रंगमंच माथी
दिनरात नाँच्नुपर्ने तिम्रै लागि रैछ आमा
नाटकको...

जागेर आउन सक्छ माया मनमा फेरि ।
ख्याल गर म हुनैपर्छ तिम्रो जतनमा फेरि ।
तिमिलाई सजिलै जाउ भनेर भन्न त हुन्थ्यो ।
तिम्रै छाप बसेको छ मेरो यो नयनमा फेरि ।
केहीसम्म त भैदियोस न खुशीका कुरा...

गजल ,
आँखाले पनि बेला बेला आँसु पस्किन सक्छ
कहिलेकाहीँ खुसिले पनि मुटु चस्किन सक्छ
मेरो मृत्युको खबर फैलाएछ एउटा पागलले
उ अझै सपनामा छ के थाहा झस्किन सक्छ
आज म चिप्लिएको खबर नी पाएको छ उस्ले
मेरो पुरानो दुश्मन...

गजल
कता कता भित्र भित्रै दफन भयो
निकै अफ्ट्यारो ठाउँमा जलन भयो
अनुभव त धेरै गरे , देखाउन सकिन
धुवाँ छैन र पनि छातीमा दनदन भयो
वचन लगायौ तिमिले पनि दुख्ने गरि
राता रात पत्थर झै कठोर मन भयो
समानता कहाँ...

गजल १
परिचय छैन मेरो इच्छाहरू मरेको मान्छे म
हजारौं दु:ख अनि पिडाको मारमा परेको मान्छे म
हासो र खुशी हराए सुखले नि साथ छोडयो
भगवान अनि दैबले हेला गरेको मान्छे म
सोझो छु इमानदार छु भाग्यले ठगेको छ
माया...

गजल………
रुदैछु आँसु पिएर मुसुक्क हाँस्नु तिमी
मेरो आयु सय बर्ष बाँच्नु तिमी
तिम्रो पेट ,टाउको सधै दु:खी रहन्छ रे,
आफ्नो स्वास्थ्यको ख्याल राख्नु तिमी
धन विधा सम्पूर्ण सुम्पिदिएको छु मैले
सुखमय शान्तिमय जीवन काट्नु तिमी
हजार सपना देख्यो भने एउटा...

गजल
देखि देखि पनि बोल्न हिचकिचाउँछन् मनुष्यहरू
नचाहिने काममा बढि समय बिताउँछन् मनुष्यहरू
भविष्यको चिन्ता छ भन्दै हिड्नेहरू आजकल त
अनावश्यक डुली, खाएर पैसा सकाउँछन् मनुष्यहरू
अक्सर म गरिब हुँ भन्ने व्यक्ती नै,मनको धनी हुने हो
त्यसैले धनको धनी भएका...

देशलाई , देश नबनाउने यी गद्दार देखेर,
मै जस्तो छ मेरो देश, देशको सरकार देखेर ।
रातारात देश बेच्ने इतिहास ताजै छ्न अझै,
के पाइन्छ ?घर भत्काइ साथीको दरबार देखेर।
म आफ्नै इमान बेच्न अरुलाई जमानी राख्दै छु,
यहीँ...