
मुक्तक १
एकदिन पक्कै मेरो याद आउनेछ ,याद राख
हरेक पल सम्झनाले सताउनेछ , याद राख
आज जसको लागि मलाई रुवाएका छौ
भोलि उसैले तिमीलाई रुवाउनेछ , याद राख
मुक्तक २
छ न त मनभरी अति छ खत , बाचिरहेछु
मैले...

१
कलियुगमा सत्यको हार कस्ले देख्छ र ?
हरेक समय हरेक बार कस्ले देख्छ र ?
भन्न त सजिलै छ पुरुषप्रधान देश भनि,
पुरुषमाथी नै अत्यचार कस्ले देख्छ र ?
२
गरिबीको नदीबाट पारी तर्न अवसर पाईदैन
उकाली अनि ओराली झर्न...

मुक्तक १
न निभोस कसैको घरमा चुलो लेखिएको थियो
बिज्ञापनमा जतै भर्ना खुलो लेखिएको थियो
दस्तुर नतिर्दा सम्म प्रवेश नदिने कलेज बाहिर
धन भन्दा पनि विद्या ठुलो लेखिएको थियो।
मुक्तक २
कोहि गुजारा चलाउछन सडकमा पानी बेचेर
दिनरात झरी बादल र...

१)
आश देखायौ कति,कति रुने गरायौ
पूरा गरेनौ वाचा भनेजति , रुने गरायौ
देब्रे पट्टी रोग बनी बस्यो छातीभित्र
दिलमा बसेर गर्यो खती रुने गरायौ
२)
बाहिर डाम भित्री चोट पक्का लागेको छ
मेरो खुट्टामा तिम्रो मोटरको चक्का लागेको छ
बुझ्नै कठिन...

मुक्तक १
बाँचुन्जेल आँसु बर्सिन्छ पिर बर्सिन्छ
खोटो निधारअनि खोटै तक्दिर बर्सिन्छ
जिउँदो हुँदा धारिलो वचन लगाउने,
मरेपछि पानी, माला, अबिर बर्सिन्छ ।
मुक्तक २
कलियुगमा सत्यको हार कस्ले देख्छ र ?
हरेक समय हरेक बार कस्ले देख्छ र ?
भन्न त...

मुक्तक
(१)
समयसँग सम्झौताको हस्ताक्षर दिँदा सम्झिए
बिधाताले लेखिदिएको लेखाजोखा लिँदा सम्झिए
ए साथीहरू सुन न आज त मेरो जन्मदिन हो नि,
मलाई जन्म दिँदा आमाले सहेकी पिँडा सम्झिए।
(२)
दोबाटोमा छुटाछ्न , गोरेटोमा भेट्न खोज्छन
पिरतिको नाटक रची कोमल मुटु रेट्न...

सुन्दर गुराँस हु म भुँइफुल हुने मन छैन
तिम्रो कमजोरी तिम्रो भुल हुने मन छैन
म तिम्रा हरेक घाउहरुको मलम बन्न सकु
भित्रभित्रै घोचिराख्ने शुल हुने मन छैन
———————————————====
बगिरहन्छन आँशु भलहरु के गर्छौ अब
साँटेका थियौं चिनो सलहरु के...

मुक्तक १
जसो तसो जीवन यहाँ चलाउनुपर्छ
जीवन चल्न पुराना याद जलाउनुपर्छ
पिडाहरु याद न हुन दोहोरिरहन्छन
दु:ख भुल्न नयाँ खुशी पलाउन पर्छ
मुक्तक २
मलाई हेपी बोल्नेहरुको बोली फेर्नुछ
हिजो गरिब थिए अब भोलि फेर्नुछ
किन बिदेश गइस भन्ने प्रश्नको उत्तर
आमाको...

मुक्तक १
तिमिले दिएको जाली रुमाल अझै सम्झन्छु
हामी दुइले बिताएका ती पल अझै सम्झन्छु
परदेशमा सम्झनाको मखमली अझै मगमगाउँछ
त्यो हाम्रो क्रान्तिकारी छलफल अझै सम्झन्छु
मुक्तक २
मनैभरी फुलिरहने फूल बन्नु तिमी
आकाशमा डुलिरहने जून बन्नु तिमी
सहायताको मैदानमा देखिरहनु प्रीय...

मुक्तक १
थाहा छैन कुन प्रहरमा छु म
उजाडिएको दु:खी शहरमा छु म
नखाएको विष लाग्दैछ मलाई
बैगुनीले दिएको जहरमा छु म
मुक्तक २
अँध्यारो हटाउन दिप ज्योति बल्छ हजुर!!
महलभन्दा झुपडीमा जीवन चल्छ हजुर!
महोदय,खुसी खोज्न मन्दिर धाउनु पर्दैन,
मन खुसी त...